मछिन्द्रलाई केपी ओली कपको उपाधि



काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लवले जितेको छ । बुधबार भएको फाइनल खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लवलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको थियो ।

पेनाल्टीमा मछिन्द्रका पाँचै खेलाडीले गोल गरेका थिए । मछिन्द्रका रजिन धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी, उमुलाजाले गोल गरेका थिए ।

उता सातदोबाटोका अब्बु बकारीको प्रहार विशाल श्रेष्ठले बचाए थिए भने निरज चौधरी, दिपेन राज सिंह, एक राज बुढाथोकीले गोल गरेका थिए । यसअघि खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको पाँचौ मिनेटमा नै मछिन्द्रले अग्रता बनाएको थियो । मछिन्द्रले पाँचौ मिनेटमा पाएको फ्रिकिकमा गोल गरेका थियो । देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिकमा ओलाओले ओलडिपोले गोल गरेका हुन् ।

त्यसपछि खेलको १८ औं मिनेटमा सातदोबाटोले बराबरी गोल गर्यो । सातदोबाटोको सुदिप गुरुङको क्रसमा जोर्डन ओवानाले हेडमार्फत गोल गदैए बराबरी गरेका हुन् । त्यसपछि खेलमा कुनै पनि टोलीले गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टीमार्फत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई

भोजपुर । पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको

खो खो विश्वकपमा उपविजेता बन्न सफल नेपाली टोलीलाई रास्वपाको सम्मान

काठमाडौं । भारतमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपविजेता बन्न सफल नेपाली पुरुष

यु-१९ महिला टी–२० विश्वकपमा नेपाल अस्ट्रेलियासँग पराजित

काठमाडौँ । आइसीसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ

विश्वकप महिला क्रिकेटः नेपाललाई अष्ट्रेलियाले दियो १४० रनको लक्ष्य

  काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई जितका लागि