महिला टी–२० विश्व कप क्रिकेटको उपाधि अष्ट्रेलियालाई



काठमाडौं । अष्ट्रेलियाले छैटौँ पटक महिला टी–२० विश्व कप क्रिकेटको उपाधि जितेको छ । गएराति केपटाउनमा भएको फाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेलिन् ।

यस्तै, चलोइ ट्रायनले २५, मरिजानी कप्पाले ११ र ताजमिन ब्रिटिसले १० रन बनाइन् । अस्ट्रेलियाका लागि मेगन स्कुट, एश गार्डनर, डारसी ब्राउन र जेस जोनासेनले एक÷एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि बेथ मुनीले ७४ रनको योगदान गरिन् । यस्तै, एश गार्डनर २९, अलेसा हिलीले १८ तथा ग्रेस ह्यारिस र मेग लनिङले १०/१० रन बनाए । दक्षिण अफ्रिकाका लागि मरिजानी काप र शवनिम स्मेलले समान २/२ विकेट लिए भने नोनकुलुलेको माल्बा र चलोइ ट्रयनले एक÷एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

  काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र

 सङ्कटाद्वारा आर्मी पराजित

  काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगताअन्तर्गत बिहीबार भएको

पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

पथरी  । मोरङको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल

आर्मीलाई हराउँदै पुलिसलाई जय ट्रफी क्रिकेटको उपाधि

वीरगञ्ज । जय ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । बिहीबार