मच्छिन्द्र झापा गोल्डकपको फाइनलमा



झापा । मच्छिन्द्र फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डपकको फाइनलमा पुगेको छ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई १–० को गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले खेलको १७ औँ मिनेटमा गोल गरेका थिए । श्रेष्ठको उक्त गोल नै खेलको निर्णयक गोल बन्यो । आइतबारको खेलको ‘प्लेयर अफ द म्याच’ मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भएका छन् । उनले नगद २० हजार पुरस्कार पाए ।

उपाधिका लागि मङ्गलबार विभागीय टोली त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लब अन्तिम प्रतिस्पर्धा हुनेछ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद सात लाख पाउने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्ने सबैलाई धन्यवाद’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवन अन्त्य गर्न लागेको

कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

सिन्धुपाल्चोक । नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला

युगाण्डालाई पराजित गर्दै नेपाल खो खो विश्वकपको फाइनलमा

काठमाडौं । नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ

यू–१९ महिला विश्वकपः नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाडौँ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल