‘चौधरी ग्रुप’ र झापा गोल्डकप आयोजकबीच सम्झौता



झापा । झापाको सर्वाधिक पुरस्कार राशिको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि चौधरी ग्रुपले ‘मुख्य प्रायोजन’ गर्ने भएको छ ।

चौधरी ग्रुपको उत्पादन मुस्ताङ वियर र गोल्डकप आयोजकबीच मंगलबार भद्रपुरमा एक समारोहबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा हस्ताक्षर भएसँगै अब प्रतियोगिताको नाम ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ रहनेछ । सम्झौतामा भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकाल र चौधरी ग्रुपका तर्फबाट मुस्ताङका कन्ट्री सेल्स हेड युवराज खत्रीले हस्ताक्षर गरे ।

प्रतियोगिता आगामी फागुन ७ देखि १६ गतेसम्म भद्रपुर–८ स्थित मेची रङ्गशालामा सञ्चालन हुनेछ । रङ्गशालामा करिब २० हजार दर्शक अट्ने गरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य सम्पन्न भइसकेको छ ।

पहिलो संस्करणको मुस्ताङ भद्रपुर झापा गोल्डकप प्रतियोगिताको विजेता टिमलाई नगद १३ लाख र उपविजेता टिमलाई नगद सात लाख पुरस्कार दिइने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख पुरस्कार दिइने भएको छ ।

प्रतियोगितामा आयोजक भद्रपुर झापा–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, सङ्कटा क्लबलगायत नेपालका ‘ए’ डिभिजन क्लब र भारत, भुटान र बङ्गलादेशका तीन विदेशी क्लबसहित १० क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त