साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ



काठमाडौं । बङ्गलादेशमा आयोजना हुने साफ यु–२० (२० वर्षमुनि) महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

मंगलबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित कार्यक्रममा एन्फाका पदाधिकारीले सफलताको शुभकामना दिँदै बिदाइ गरे । साफ च्याम्पियनसिप बङ्गलादेशको राजधानी ढाकामा यही माघ २० देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटान सहभागी छन् । नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशसँग माघ २० गते, दोस्रो खेल माघ २२ गते भुटानसँग र तेस्रो खेल माघ २४ गते भारतसँग खेल्नेछ ।

सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने उक्त च्याम्पियनसिपका शीर्ष दुई टोली फाइनल खेल्नेछन् फाइनल खेल माघ २६ गते हुनेछ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा यामबहादुर गुरुङ तथा नेपाली टोलीको कप्तान प्रिति राई छिन् ।

नेपाली टोलीको गोलकिपरमा कविता विक, सावित्री किसन र लिला जोशी, डिफेण्डरमा सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यसमलाई मगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ, मिडफिल्डरमा तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिति राई, अञ्जली मचामसी, सरस्वती हमाल र दीपा शाही तथा फरवार्डमा गरिमा राई, अमिसा कार्की, ममता पुन र अञ्जली चन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुशल मल्ल ५० हजार नगदसहित सम्मानित

बुटवल । बुटवल उपमहानगरपालिकाले क्रिकेटर कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल ११

फ्रेन्च लिगमा पिएसजीको चौथो हार

काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार

तिलोत्तमा गोल्डकपमा थ्री स्टार सेमिफाइनलमा

बुटवल । तिलोत्तमा गोल्डकपमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम