स्पट फिक्सिङको आरोपमा महबुब आलम र आदिल अन्सारी पक्राउ



काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । प्रहरीले पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरेको हो । उनीहरुलाई सोमबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

आदिल राजविराजबाट पक्राउ परेका हुन् भने महबुबलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको जानकारी दिएको छ । क्रिकेट संघ(क्यान)ले मिलेमतो वा कुनै अवैध कार्य नभएको दाबी गरे पनि सीआईबीले सट्टेबाजी र मिलेमतोको आशंकामा अनुसन्धान थालेको थियो ।

भारतीय कम्पनी सेभेन थ्रि स्पोर्टससँगको साझेदारीमा नेपाल क्रिकेट संघ क्यानले पहिलो संस्करणको टी–२० लिग गत पुस ८ देखि आयोजना गरेको थियो । आयोजना साझेदार सेभेन थ्रीसमेत फिक्सिङमा संलग्न भएको प्रहरीले जनाएको छ । सुरुवातदेखि नै विवादित बनेको प्रतियोगिता १० खेल सकिएपछि फिक्सिङका कारण थप आलोचित बनेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसलाई सरकार चाहिएको छ, संसदीय समिति होइन: अध्यक्ष ओली

वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन

न्याय देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन

संसद बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ । आज

सदनमा गृहमन्त्रीलाई बोल्ने अवसर दिएपनि सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउनुपर्छः ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने बताएको छ ।