नेपाल सुपर लिगका लागि एन्फा र एनएसइएमबीच सम्झौता



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) प्रालि सँग नयाँ सम्झौता गरेको छ ।

मंगलबार एन्फा र एनएसइएमले संयुक्त विज्ञप्ति जारी गरी आठ वर्षका लागि १७ करोड २१ लाख रुपैयाँमा सम्झौता भएको जानकारी दिएको छ । एनएसइएमकी अध्यक्ष आश्रयता कार्की चौधरीले पहिलो सिजनका लागि दिनुपर्ने १ करोड ५० लाख रुपैयाँको चेक पनि एन्फालाई हस्ताक्षर कार्यक्रममै हस्तान्तरण गरेको जानकारी दिइएको छ ।

हस्ताक्षर कार्यक्रममा एनएसइएमकी अध्यक्ष कार्की, प्रबन्ध निर्देशक श्रेयान्स कार्की र प्रमुख कार्यकरी अधिकृत सुदीप शर्मा तथा एन्फाबाट महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, सदस्य पुरुषोत्तम थापा, सरिला श्रेष्ठ लगायत उपस्थित थिए ।

यसअघि नयाँ कार्यसमितिको आगमनसँगै दुई पक्षबीच सहमति हुन नसक्दा एनएसएल स्थगित भएको थियो । एन्फाले पुष २६ गतेदेखि ए डिभिजन लिग सुरु गर्ने बताएसँगै यस वर्ष भने एनएसएल हुने सम्भावना छैन । एन्फा प्रवक्ताका अनुसार एन्फाले ए डिभिजन लिगलाई प्राथमिकतामा राख्दै एनएसएलसँग सम्झौता गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले