सुर्य नेपाल काठमाडौं ओपन शुरु, पहिलो दिन‌ रबिलाई अग्रता



काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन ६-अन्डर ६२ को सानदार स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै रबि खड्का शीर्षस्थानमा रहन सफल भएका छन्।

५-अन्डर ६३ को स्कोर सहित भुवन नगरकोटी दोस्रो र ३-अन्डर ६५को कार्ड बनाएका शुक्र बहादुर राई तेस्रो स्थानमा छन्।

यसैगरी २-अन्डर ६६ र १-अन्डर ६७ को स्कोर कार्ड तयार पारेका निरज तामाङ र रमेश अधिकारी क्रमशः चौंथो र पाँचौं स्थानमा छन्। इभन-पार ६८ बनाएका धन बहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौं स्थान बाँडे।

पार-६८को रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा आज भएको पहिलो १८ होलको खेलमा रबि खड्काले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५-पारको पहिलो होलमा इगलको‌ सफलता प्राप्त गरे।

उनले चौंथो, पाँचौ र आठौं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा एक सट खेर फाले र फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए। यसपछि रबिले १०औं, १२औं र १३औं होलमा एक-एक सट बचाउँदा १५औं होलमा बोगी खेप्दै ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे।

रबिलाई दबाब दिदै भुवन नगरकोटीले ५-अन्डर ६३ को स्कोरमा पहिलो दिनको खेल सकाए। राम्रो सुरुवात गरेका भुवनले पहिलो, दोस्रो र चौंथो होलमा एक-एक सट बचाए। नवौं होलमा बोगी प्रहार गर्दै भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे।

यो लयलाई कायम राख्दै १०औं, १३औं र १३औं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याक नाइन ३-अन्डर ३१ मा पुरा गरे।

प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजीटीआई) खेलिरहेका शुक्र बहादुर राई ३-अन्डर ६५ स्कोर जोड्दै तेस्रो स्थानमा छन्। उनी लिडर रबि भन्दा ३ स्ट्रोकले पछाडी रहेका छन्।

फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाउने क्रममा शुक्रले पहिलो, दोस्रो र चौंथो होलमा बर्डी प्रहार गरे। आठौं होलमा भने एक सट खेर फाले। यसपछि उनले १३औं होलको बर्डीले ब्याक नाइन १- अन्डर ३३ मा सकाए।

एमेच्योर तर्फ अजित बिके अग्रस्थानमा रहे। २-ओभर ७० खेल्दै प्रोफेसनल गल्फरद्वय राजेन्द्र श्रेष्ठ प्रधान र प्रदिप कुमार लामासंग ११औं स्थान बाँडेका अजित दोश्रो स्थानमा रहेका प्रज्जवल गुरुङभन्दा ८ स्ट्रोकले अगाडी रहेका छन्।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन्। ३६ होलको‌ समाप्ति पछि उत्कृष्ट २१ प्रो र ५ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको खेलका लागि कट बनाउने छन्।

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।