ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा



काठमडौं । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि–क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४–० ले अग्रता लियो । खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे ।

त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४–१ गोलअन्तरले आफ्नो पक्षमा पार्यो । यसअघि आजै राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तादी अध्यक्ष कप भलिबलको उपाधि म्यागङलाई

त्रिशूली । ‘नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि म्यागङ

त्रिभुवन आर्मीलाई पराजित गर्दै न्यु डायमन्डको विजयी सुरुवात

काठमाडौं । होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला

पाँचौँ सम्झना कप टेबलटेनिसमा नवीता र रविना फाइनलमा

काठमाडौं । राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नवीता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ

खेल पूर्वाधारमा सबै तहका सरकारलाई लगानी वृद्धि गर्न उपराष्ट्रपतिको सुझाव

बनेपा । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव