नवौं राष्ट्रिय खेलकुदका पदक विजेतालाई नगद सहित सम्मान



पोखरा । गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा आइतबार पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई सम्मान गरिएको हो ।

राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कूल ७२, रजत पदक विजेता ९२ र कास्य पदक विजेता एक सय ६० गरी तीन सय २४ खेलाडीलाई सम्मान गरिएको हो ।

प्रतियोगितामा समावेश ३६ खेलमध्ये गण्डकीले २८ खेलमा पदक जितेको थियो । गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक नवौँमा सातै प्रदेशमध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो भने समग्रमा विभागीय टिम पश्चात चौथो स्थान प्राप्त गरेको थियो ।

यसैगरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ र २८ खेल सङ्घलाई सम्मान गरिएको छ । गत असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ कास्य पदक जितेको थियो ।

प्रदेश सरकारले राष्ट्रिय खेलकुदमा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ हजार र कास्य पदक विजेतालाई आठ हजार प्रदान गरेको छ ।

यसैगरी टिममा स्वर्ण पदक विजेतालाई नगद जनही नौ हजार, रजततर्फ छ हजार र कास्य पदक विजेतालाई चार हजारसहित सम्मान गरिएको हो ।

यसैगरी प्रशिक्षकतर्फ स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश जनही नगद १० हजार, आठ हजार र छ हजार प्रदान गरिएको थियो ।

टिमका व्यवस्थापकलाई जनही नगद आठ हजार, छ हजार र चार हजार प्रदान गरिएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए ।

खेल सङ्घतर्फ स्वर्ण पदक विजेतालाई नगद ४० हजार, रजत पदक विजेतालाई नगद ३० हजार र कास्य पदक विजेता सङ्घलाई नगद २० हजार प्रदान गरेको छ ।

नवौँमा ‘रेकर्ड ब्रेक’ गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजारसहित सम्मान गरिएको थियो ।

पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल सङ्घलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, नेपाली सेनाका पश्चिम पृतनापति दीपक बानियाँ लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त