वर्षाका कारण नेपाल र नामिबियाबीचको खेल रद्द



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली नामिबियाबीचको खेल वर्षाको कारण रद्द भएको छ ।

नेपालले जितका लागि दिएको एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाका कारण खेल रोकिएको हो । नामिबियाले चार बलमा चार रन बनाउँदा पानी नरोकिएपछि खेल रद्द भएको हो ।

त्यसअघि नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९७ रनमा समेटिएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९४ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ७५ रनको योगदान दिएका हुन् ।

त्यस्तै अर्जुन साउदले र गुलसन झाले समान १८/१८ रन जोडे भने आसिफ शेखले २० रन बनाए । कप्तान रोहित पौडेल १० रनमा रन आउट भए । कुशल भुर्तेलले १३ तथा सोमपाल कामी १० रनमा आउट भए ।

नामिबियाका टांगेनी लंगामेनीले तीन विकेट लिए भने कार्ल बिरकेनस्टोकले दुई विकेट लिए । त्यस्तै जेरार्ड इरास्मस, बेर्नार्ड शोल्ट्ज र जेजे स्मितले समान एक–एक विकेट लिए । यस खेलसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् ।

यसअघि नेपालले खेलेका २० खेलमा आठमा जित, ११ मा हार र एक खेल बराबरी भएको थियो । उक्त सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल यही मङ्सिर १८ गते स्कटल्यान्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

जनकपुरधाम ।  धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता

टी-२० शृंखला खेल्न आइपुग्यो वेस्ट इन्डिजको क्रिकेट टोली

काठमाडौं । नेपालसँग टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ टोली काठमाडौं आइपुगेको छ

गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटमा बागमती र मधेशको जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगिता अन्तर्गत मंगलबार भएको