बेल्जियमलाई रोक्दै क्रोएसिया नकआउट चरणमा



काठमाडौं । विश्वकप फुटबलमा क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

दोस्रो हाफमा बेल्जियमले गोल गर्ने अवसर पटक पटक खेर फालेपछि टोली अघि बढ्न सकेन । यस नतिजाले मोरक्को आफ्नो खेलमा जित हासिल गर्दै अघि बढेको छ । मोरक्कोले क्यानडालाई २–१ ले हरायो ।

यस समूहमा मोरक्को ७ अंकका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्यो । क्रोएसिया ५ अंकका साथ दोस्रो भयो । ४ अंक जोडेको बेल्जियम समूहबाट बाहिरिँदा क्यानडाले अंक जोड्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।