साहसिक खेलमा त्रिभुवन आर्मी क्लब ए विजयी



काठमाडौं । नेपाली सेनाको आयोजनामा धादिङको बैरेनीदेखि चरौँदीसम्म भएको साहसिक खेल (पाँचौं कोस इन्टरनेशनल त्रि–एड्भाञ्चर कम्पिटिसन २०२२) मा नेपाल आर्मी क्लब ‘ए’ विजयी भएको छ ।

शुक्रबार भएको प्रतियोगिताका विजयी त्रिभुवन आर्मी क्लब ‘ए’ ले दुई लाख पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितमा नेपाल आर्मी क्लब ‘बी’ द्वितीय हुँदै एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । यस्तै सशस्त्र प्रहरी बल नेपालको टिम तृतीय हुँदै एक लाख पुरस्कार प्राप्त गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगितामा पाड्ले नेपाल चौथो भयो भने ट्रिथलोन धरान पाँचौं भएको छ । प्रतियोगितामा ६ दशमलव ७ किमी दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर र्याफ्टिङ गरी तीन इभेन्ट समावेश भएको थियो ।

प्रतियोगितामा मित्रराष्ट्र भारतका दुई र बेलायतका एक समूहसहित २० समूहका ८० खेलाडीको सहभागिता थियो । भारतको एफसिसी रेसिङ समूह सर्बाेत्कृष्ट अन्तर्राष्ट्रिय समूह घोषित भएको छ । विसं २०७१ सालदेखि राष्ट्रियस्तरमा सञ्चालन भएको उक्त प्रतियोगिता २०७४ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा रुपमा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको