विश्वकप फुटबलमा स्पेन विजयी



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले कोस्टारिकालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कतारको अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले विजयी सुरुवात गरेको हो । स्पेनले खेलको पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल गर्यो । स्पेनको जितमा फेरान टोरेसले दुई गोल गरे भने डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक/एक गोल गरे ।

स्पेनले खेलको ११औँ मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । खेलको २१औँ मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २–० को बन्यो । खेलको ३१औँ मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३–० ले अघि रह्यो ।

कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । खेलको ५४औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए । ७५औँ मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५–० को अग्रता दिलाए ।

खेलको ९०औँ मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७–० गोलको फराकिलो जित दिलाए। यस जितसँगै समूह ‘ई’ को स्पेनले पहिलो खेलमै ३ अङ्क जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त