विश्वकप फुटबलमा जापानद्वारा जर्मनी पराजित



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा जापानले जर्मनीलाई पराजित गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापान जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

खेलमा सुरुवाती अग्रता भने जर्मनीले लिएको थियो । खेलको ३३औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले गोल गर्न सफल भए ।

त्यस्तै खेलको दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औँ मिनेटमा स्थापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेका जपानका खेलाडी रित्सु डोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् ।

त्यसपछि खेलको ८३ औँ मिनेटमा ताकुमा असानोले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । यस नतिजासँगै समूह ई को जापानले ३ अङ्क जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सूर्य नेपाल काठमाडौं ओपनमा रविको अग्रता कायमै

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल

नामिबियासँग नेपालको हार

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित

स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको

स्पेनलाई पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै मोरक्को फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ