माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो : नेपाललाई थप दुई स्वर्ण



गण्डकी । पोखरामा जारी ‘तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्याङकिङ तथा ‘प्रथम जिसिएस माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप’ मा शनिबार साँझसम्मको नतिजामा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

नेपालले दुई स्वर्ण पदक हात जित्दा भारतले भने आठ स्वर्ण पदक जित्न सफल भयो । खेलनमा नेपालले ६३ केजी मुनी र ६८ केजी मुनीको तौल समूहमा स्वर्ण पदक हात पार्न सफल भएको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।

नेपालका तर्फबाट ६३ केजी मुनि तौल समूहको खेलमा रुपेश तामाङले स्वर्ण पदक जित्दा ६८ केजी मुनिको अर्को इभेन्टमा भने सुप्रिया गुरुङले स्वर्ण पदक दिलाए । जुनियर तर्फको क्यूरोगीतर्फको इभेण्टमा भारतले भने आठ स्वर्ण पदक ल्याउन सफल भएको छ ।

त्यसैगरी दक्षिण कोरियाले तीन स्वर्ण र पाकिस्तानले एक स्वर्ण ल्याउन सफल भएको सङ्घले जनाएको छ । यसअघि शुक्रबारको खेलमा नेपालले १० वटा स्वर्ण पदक हात पार्दा छिमेकी मुलुक भारत सात स्वर्ण पदक जितेको थियो ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशसम्शेर राणा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हल तथा ब्याडमिन्टन हलमा खेल भइरहेका छन् । प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, श्रीलङ्का, अमेरिका, बङ्गलादेश लगायतका १३ देशका एक हजार ४०० खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत