प्रधानमन्त्रीद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक



काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफीलाई नेपाली खेलकुदका चर्चित र सफल खेलाडीबाट नेपालभर प्रदर्शनीमा राख्ने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदको विकासमा सरकार प्रतिवद्ध रहेको भन्दै खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकार सकारात्मक रहेको बताए ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो ।

ट्रफीलाई यसपटक रचनात्मक ढंगले फरक बनाइएको र ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याईने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी

एसिया कप क्रिकेटमा नेपाली महिला क्रिकेट टिम भारतसँग ८२ रनले पराजित

काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकामा

काभा यु–२० महिला भलिबलमा नेपाल तेस्रो

काठमाडौं । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ । माल्दिभ्सको