सुदूरपश्चिममा शुक्रबारदेखि खेलाडी छनोट



सुदूरपश्चिम । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्याण्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ । छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन हुने छन् ।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन जिल्ला जिल्लाबाट खेलाडी कैलाली र कञ्चनपुर पुग्ने क्रम जारी छ । बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभा यु-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

  काठमाडौँ । नेपाल भलिबल सङ्घले माल्दिभ्सको मालेमा हुने काभा यु–२० महिला भलिबल

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकता राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम

अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि

काठमाडौं । कोपा–अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा कोलम्बियालाइ १–० गोलले

स्पेनलाई चौथो पटक युरोकपको उपाधि

काठमाडौँ । स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको