यू-१७ साफ च्याम्पियनसिपः भारतले जित्यो उपाधि



काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको उपविजेता बनेको छ । बुधबार श्रीलंकाको कोलोम्बोमा भएको फाइनल खेलमा नेपाल भारतसँग ४–० ले पराजित भएको हो । फाइनलको आधा भन्दा बढी समय १० खेलाडीमा सिमित नेपालले समूह चरणमा भारतलाई हराएको प्रदर्शन दोहोर्याउन सकेन ।

पहिलो हाफको ३० मिनेट नबित्दै नेपाल २–० ले पछि परेको थियो । भारतले १७ औं मिनेटमा बबी सिंहको गोलमा अग्रता लिएको थियो । कौरोउ सिंहले ३० औं मिनेटमा अग्रता दोब्बर पारे ।

नेपालका कप्तान प्रशान्त लक्षमले ३८ औं मिनेटमा रातो कार्ड पाए । बल खोस्ने क्रममा उनीमाथि भारतीय खेलाडी लडेर ढाड ठोक्किन पुग्दा रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । प्रशान्तले आफ्नो कुनै गल्ती नभएको बताएपनि रेफ्री आफ्नो निर्णयमा अडिग रहे । दोस्रो हाफको ६३ औं मिनेटमा वानलालपेका गुइतेले भारतलाई ३–० ले अघि बढाए ।

इन्ज्युरी समयमा अमनले गोल गरेपछि भारत ४–० को जित दर्ता गर्दै उपाधि जित्न सफल रहयो । भारतले यसअघि समूह चरणमा नेपालसँग ३–१ को हार बेहोरेको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको थियो । भारतलाई हराएपछि समूह विजेता बनेको नेपाल सेमिफाइनलमा आयोजक श्रीलंकाविरुद्ध उत्रिएको थियो । सोमबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ६–० को जित दर्ता गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यु–१८ युथ लिग फुटबलमा चर्च ब्याइज विजयी

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड

नेपाललाई ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ

‘पेरिस ओलम्पिक’ मा भाग लिने खेलाडी र पदाधिकारीको सम्मानमा फ्रान्सेली दूतावासमा स्वागत समारोह

काठमाडौँ । यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग

चौधरी समूहले आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीहरूलाई दियो १० लाख

काठमाडौं । चौधरी समूहको सहायक कम्पनी सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले