महिला साफ च्याम्पियनशिपमा पाकिस्तानको सान्त्वना जित



काठमाडौं । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । पाकिस्तानको जितमा नाडिया खानले ह्याट्रिकसहित चार गोल गरिन् भने रामिन फारिद, खादिजा काज्मी र अनमुल हिराले समान एक÷एक गोल गरिन् ।

खेलको ३९औँ मिनेटमा रामिनले गोल गर्दै पाकिस्तानलाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै खेलको ४८ औँ मिनेटमा काज्मीले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २–० को अग्रता दिलाइन् । खेलको ५३ औँ मिनेटमा नाडियाले गोल गरेपछि पाकिस्तानले तेस्रो अग्रता लियो । त्यसपछि खेलको ७८ औँ मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४–० को अग्रता दिलाइन् ।

खेलको ८४ औँ मिनेटमा नाडियाले ह्याट्रिक पूरा गर्दै पाकिस्तानलाई ५–० गोलको अग्रता दिलाइन् । खेलको ९० औँ मिनेटमा नाडियाले व्यक्तिगत चौथो गोल गर्दा पाकिस्तानले ६–० को अग्रता बनायो ।

खेलको दोस्रो हाफको अतिरिक्त समममा अनमुलले गोल गरेपछि पाकिस्तान ७–० गोलअन्तरले विजयी भयो । यस जितसँगै पाकिस्तानले महिला साफ च्याम्पियनसिपको सुखद् अन्त्य गरेको छ । समूह ए मा रहेको पाकिस्तानले तीन खेलमा तीन अङ्क जोड्यो ।

यस खेलसँगै समूह ए बाट पाकिस्तान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा माल्दिभ्स भने जितबिहीन रह्यो । यस समूहबाट भारत र बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

आजै हुने भारत र बङ्गलादेशबीचको दोस्रो खेलले समूह ए को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । सो खेल अहिले ५ः३० बजे सुरु भएको छ । समूह बीबाट भने नेपाल र भुटान सेमिफाइनलमा पुगेका छन् । नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशका एक सय ७८ खेलाडी पुरस्कृत

कास्की । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई शनिबार नगदसहित

आइओसीद्वारा साउदी अरेबियामा ओलम्पिक खेलकुद आयोजना गर्ने घोषणा

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) साउदी अरेबियामा सन् २०२५ ओलम्पिक ई–स्पोर्ट्स खेलहरू आयोजना गर्न

कोशी प्रदेशलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि

  मोरङ ।  दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको

१०औँ राष्ट्रिय खेलकुदमा चार सय १९ स्पर्धाको प्रस्ताव

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा हुने १०औँ