डेंगु संक्रमण भएपछि सावित्राले श्रीलङ्का विरुद्धको खेल नखेल्ने



काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियसिपअन्तर्गत आज हुने श्रीलङ्काविरुद्धको खेल गुमाउने भएकी छिन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलङ्काविरुद्धको खेल गुमाउने निश्चित भएको हो । सावित्रालाई डेङ्गु देखिएपछि आजको खेलमा विश्राम लिने अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश साहले बताए । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेङ्गु देखिएको छ ।

उनीहरुको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । यसअघि राष्ट्रिय फुटबल टोलीका सदस्य मन्जलीकुमारी योन्जनलाई पनि डेङ्गु सङ्कमण भएको थियो । नेपालले श्रीलङ्कासँग आज साँझ ५ः३० बजे खेल्दैछ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

नेपाल दोस्रो जितको खोजीमा छ । यसअघि नेपालले आफनो पहिलो खेलमा भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । त्यति बेलाको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् भने अनिता बस्नेतले पनि समान दुई गोल नै गरेकी थिइन् । समूह बी मा रहेको नेपालले एक खेलमा शीर्ष तीन अङ्क जोडेको छ ।

नेपालले श्रीलङ्कालाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । समान एक खेल खेलको श्रीलङ्का अङ्कविहीन छ । यसअघि भएको खेलमा श्रीलङ्का भुटानसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप ताप्लेजुङ । ताप्लेजुङ जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ

यु–१८ युथ लिग फुटबलमा चर्च ब्याइज विजयी

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड

नेपाललाई ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ

‘पेरिस ओलम्पिक’ मा भाग लिने खेलाडी र पदाधिकारीको सम्मानमा फ्रान्सेली दूतावासमा स्वागत समारोह

काठमाडौँ । यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग