केन्यासँगको शृङ्खलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्यासँगको टी–२० र एकदिवसीय क्रिकेट शृङ्खलाका लागि टिमको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो ।

टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि समावेश छन् । विनोद भण्डारी र कुशल भुर्तेल भने टिममा परेका छैनन् । युवा विकेटकिपर अर्जुन साउद पहिलो पटक टिममा परेका छन् ।

नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव रहेका छन् ।

जितेन्द्र मुखिया, भीम सार्की, प्रतिस जीसी र हरिशंकर साह वैकल्पिकमा रहेका छन् । नेपालले यही अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यासँग पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खला खेल्दैछ । क्यानले हिजो मात्रै मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय