मनोज प्रभाकर नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त



काठमाडौं । भारतका पूर्वक्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका छन्।  नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। केही समयअगाडि मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टिम प्रशिक्षक बिहीन थियो।

दासानायकेले स्कटल्यान्ड भ्रमणबाट फर्के लगत्तै राजीनामा दिएका थिए। भारतीय राष्ट्रिय टिमका पूर्व अलराउन्डर प्रभाकर रणजी ट्रफीका उपाधि विजेता प्रशिक्षक हुन्।

उनले रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपीको प्रशिक्षकका रुपमा काम गरेका थिए। यस्तै, उनले अफगानिस्तानको राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा पनि काम गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम

कर्णाली । जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

सुदूरपश्चिम । धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले

सन्दीप असोज २० गते नेपाल फर्किने

काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने दशैंको टीकाको भोलिपल्ट

नवौं राष्ट्रिय खेलकुदका लागि महिला क्रिकेट खेलको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय