फुटबल टोलीको बिदाइ



काठामाडौं । नेदरल्याण्ड्सको हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले प्रशिक्षणमा सहभागी हुन जाने स्वस्तीश्री गुरुकूलका २३ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

उपाध्यक्ष ज्वालाले त्यहाँ प्राप्त ज्ञान नेपाली फुटबलमा उपयोगी हुने विश्वास व्यक्त गर्दै टोलीले नेपालको समेत प्रतिनिधित्व गर्ने भएकाले नेपालको इज्जत बढाउन कुनै कसर बाँकी नराख्न टोलीलाई निर्देशन दिए ।

उनले खेलकुदको उद्गम थलो स्कुल नै भएकाले खेलाडी तयार गर्न स्वस्तीश्रीले गरेको कार्यको सरहाना गर्दै खेलाडीलाई उपयुक्त ज्ञान हासिल गरेर आउन शुभकामना व्यक्त गरे ।

यस्तै खेलाडीलाई बिदाइ गर्ने क्रममा अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष दावा लामाले हल्याण्ड जाने टोली स्कुलको मात्र नभई नेपाल र एन्फाको समेत प्रतिनिधित्व गर्ने भएकाले शीर्ष ज्ञान प्राप्त गर्न शुभकामना दिए ।

नेपाली फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा सहभागी हुन जाने टोलीमा प्रशिक्षकमा ज्वाला विष्ट र खेलाडीमा दीर्घायु पिया, सदित अर्याल, दीप खत्री, वैभव ताम्राकार, कृतज्ञ कोजु, निशान कुँवर, शाश्वत बुढाथोकी, सर्वणी सुवेदी, प्रश्रय श्रेष्ठ, पाल्देन दोर्जे शेर्पा, ज्युड सापकोटा, भाइचुङ तामाङ, कविर आचार्य, प्रणव धाख्वा, रायन गुरुङ, शुभाना मानन्धर, कर्मा लेन्दुप शेर्पा, स्पर्श पन्थ, सौरव बरुवाल, जास्मिन सापकोटा र रिहानमान जोशी रहेका छन् । प्रशिक्षण कार्यक्रम यही २५ साउन देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको