महिला फुटबलमा नेपाल एक स्थान तल झर्यो



काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ ।

भारत ५८ औँ स्थानमा छ । बङ्गलादेश १४७, श्रीलङ्का १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने अमेरिका छ ।

यसैगरी दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा स्वीडेन छ । इङ्ग्ल्यान्ड चौँथो स्थानमा रहँदा फ्रान्स पाँचौँ स्थानमा छ । नेदरल्याण्ड छैठौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नरेन्द्र श्रेष्ठ एन्फा मानार्थ अध्यक्षमा चयन

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्षमा चयन

नेपाली फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाई नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ–एन्फाले राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदिप हुमागाईलाई

टेनिस स्टार सेरेना विलियम्सले सन्न्यास लिने

अमेरिकी टेनिस स्टार खेलाडी सेरेना विलियम्सले सन्न्यासको घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल

केन्यासँगको शृङ्खलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्यासँगको टी–२० र एकदिवसीय क्रिकेट शृङ्खलाका