नारायणी रङ्गशालाको प्रतिवेदन राखेपमा



वीरगंज । पर्साको वीरगञ्जस्थित नारायणी रङ्गशालाको जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमितिले राष्ट्रिय खेलकुद परिषद्मा प्रतिवेदन बुझाएको छ । राखेपका सदस्य मानदेव हजाराको संयोजकत्वमा गठित उपसमितिले परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई प्रतिवेदन बुझाएको हो ।

नारायणी रङ्गशालाको भोगचलनमा रहेको कूल १८ बिघा जग्गामध्ये १० जना व्यक्तिको १४ कठ्ठा निजी जग्गा रहेकाले उक्त समस्या समाधानका लागि राखेपको ९३औँ बोर्ड बैठकले राखेपका सदस्य हजाराको संयोजकत्वमा जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमिति गठन गरेको थियो । उक्त समितिले नै राखेपका सदस्यसचिव घिसिङलाई समितिको प्रतिवेदन बुझाएको हो ।

गठित समितिले १० जग्गाधनीसँग छलफल गरेर प्रतिवेदन तयार पारी बुझाएको उपसमितिका संयोजक हजाराले बताए । हजाराका अनुसार अब परिषद्ले उक्त प्रतिवेदन बोर्ड बैठकमा प्रस्तुत गरिसकेपछि खेलकुद मन्त्रालय हुँदै अर्थ मन्त्रालयसमक्ष पुगेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मूल्याङ्कन समितिले मूल्याङ्कन गरेपछि मुआब्जाको काम अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको