अर्थमन्त्री शर्मालाई विश्वकप फुटबल हेर्न कतारी राजदूतको निम्तो



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच आइतबार शिष्टाचार भेट भएको छ ।

भेटमा कतारी राजदूत अहमद अल हेलले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल २०२२ का लागि आमन्त्रण गरेको अर्थमन्त्री शर्माले जनाएका छन् । उनले विश्वकप हेर्नका लागि आमन्त्रण गरेकोमा राजदूतलाई धन्यवाद समेत दिएका छन् ।

फिफा विश्वकप फुटबल २०२२ का खेलहरू आगामी मंसिर ५ देखि पुस ३ सम्म कतारका ५ शहरका ८ रंगशालामा हुँदैछन्। प्रतियोगितामा भाग लिने ३२ वटै टिमको टुंगो लागिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा

  झापा । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको आजको खेलमा

नेपालले भूटानलाई हरायो

काठमाडौँ । साफ यू–१६ महिला  च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ

हङकङमा हुने त्रिदेशीय टी-२० आई श्रृंखलाका लागि नेपाली टोली घोषणा

काठमाडौं । हङकङमा हुने नेपाल हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी–२० आई

अनिशलाई प्रधानसेनापति म्याराथनको उपाधि

  काठमाडौँ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित