एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई



काठमाडौं । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिएका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताए । यही असार ६ गते भएको एन्फाको निर्वाचनमा नेम्वाङ चार वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचित हुने अन्य टोलीमा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजङ्ग शाही र दीर्घबहादुर केसी छन् । त्यसैगरी सदस्यहरुमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजयनारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टीका लामा, मणिराज विष्ट र मनिष जोशी छन् । महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेनिस स्टार सेरेना विलियम्सले सन्न्यास लिने

अमेरिकी टेनिस स्टार खेलाडी सेरेना विलियम्सले सन्न्यासको घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल

केन्यासँगको शृङ्खलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्यासँगको टी–२० र एकदिवसीय क्रिकेट शृङ्खलाका

मनोज प्रभाकर नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त

काठमाडौं । भारतका पूर्वक्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका

फुटबल टोलीको बिदाइ

काठामाडौं । नेदरल्याण्ड्सको हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष