एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने



काठमाडौं । मलेसियाको पेनाङमा आयोजना हुने टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) ले भाग लिने भएको छ । एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले सोमबार आयोजित एक कार्यक्रममा मलेसिया जाने ३० सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । टोली आज राति नै मलेसिया प्रस्थान गर्नेछ ।

मलेसियामा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इण्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग खेल्नेछ । एनआरटीले इण्डोनेसियाको कारो एफसीसँग यही असार १६ गते खेल्नेछ भने असार १८ गते मलेसियाको पेनाङसँग खेल्नेछ । लिगको अङ्कको आधारमा विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

पेनाङ सिटी रङ्गशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङ्गेट र उपविजेता टोलीले पाँच हजार मलेसियन रिङगेट प्राप्त गर्नेछ । यसैगरी एनआरटी टोली मलेसिया भ्रमण सकिए लगतै त्यहीबाट थाइल्याण्ड जानेछ । एनआरटीले मलेसिया र थाइल्याण्ड भ्रमणकै लागि विभिन्न क्लबका नौ खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ ।

एनआरटीले मछिन्द्रका विशाल श्रेष्ठ र रेजिन सुब्बासँगै छिरिङ गुरुङलाई अनुबन्ध गरेको हो । यसैगरी थ्रीस्टार क्लबका सन्जोक राई, च्यासलका रुमेश बर्तौला, सङ्कटाका सुवास गुरुङ, जावलाखेलका निकोलस फर्नान्डेस र गौरव श्रेष्ठ छन् ।

नयाँ खेलाडीको रुपमा गोलरक्षक जि टोलो लुन्ड्री रहेका छन् । पुजन होना, दिपेश घले, मेसुके ओलोमोउ, स्टेफन समिर विनोङ, शिव गुरुङ, सरोज तामाङ, अशोक थापा मगरलाई टोलीमा निरन्तरता दिएको छ । त्यसैगरी थाइल्याण्डमा पनि एनआरटीले तीन वटा मैत्रिपूर्ण खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

जनकपुरधाम ।  धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता