क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा



काठमाडौं । क्यानडाबिरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

आगामी असार २९ बाट स्कटल्याण्डमा हुने विश्वकप लिग–२ तथा प्रतियोगिता अघि क्यानडामा रहेको स्थानीय एक क्लवसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेलका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो ।

घोषणा भएको टोलीमा नयाँ दुई अनुहार बाहेक अधिकांस अमेरिका सिरिजमा रहेका खेलाडी समेटिएका छन् । पवन सर्राफले टोलीमा पुनरागमन गर्दा वासिर अहमदले एकदिवसीय टोलीमा पहिलो पटक मौका पाएका छन् । सागर ढकाल र सुसन भारी भने टोलीबाट बाहिरिएका छन् । नेपाली टिममा कप्तान लामिछाने र उपकप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सर्राफ, विनोद भण्डारी रहेका छन् । नेपालले स्कटल्याण्डमा लिग–२ अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

त्यसअघि क्यानडामा मैत्रीपूर्ण खेल खेल्नेछ । स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियाबिरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डबिरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाबिरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डबिरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ । नेपाल लिग २ तालिकाको पाँचौ स्थानमा रहेको छ ।

नेपालले १६ खेलबाट सात जित, आठ हार र एक ‘टाइ’ सहित १५ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्याण्डले २० खेलबाट २८ अंक जोड्दा छैटौं स्थानमा रहेको नामिबियाले १४ खेलबाट १४ अंक जोडेको छ । आइसिसी विश्वकप क्रिकेट लिगमा अब नेपालले २० खेल खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले