फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरियताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरियताको १६८औँ स्थानमा थियो ।

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एशियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो ।

वरियताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम यथावत छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्याण्ड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको