एसीसी महिला टी–२० च्याम्पियसिपमा नेपालको विजयी शुरुवात



काठमाडौं । भुटानलाई ५० रनले हराउँदै मलेसियामा शुक्रबारदेखि सुरु भएको एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।

यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन जोड्दा नेपालले ५० रनको जित निकालेको हो । मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भुटानका लागि छिरिङ जान्गमोले सर्वाधिक १६ रनकोे पारी खेल्दा एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन योगदान गरिन्।

पेमा सोल्डेनले ४ रन जोड्दा पाँच खेलाडीले मात्र समान १ रन जोडेका थिए । भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले ४ विकेट लिईन । यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सिता राना मगर र इन्दु वर्माले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयारी पारेको थियो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडिन् । कप्तान रुबिना क्षेत्रीले २१ रन जोडिन् भने डोली भट्टले ५ रन बनाइन् । सीता मगरले ४, ममता चौधरीले ३, विन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योती पाण्डे शून्य रनमा आउट भए ।

कविता कुँवर १ रनमा अविजित रहिन् । बलिङतर्फ भुटानकी सोनम पाल्डोनले ४ तथा अञ्जु गुरुङ र टासी छेकीले १÷१ विकेट लिए । च्याम्पियनसिप अन्तर्गत नेपालले अब कुवेतसँग शनिवार खेल्नेछ । यस्तै नेपालले सोमवार बहराइन र अन्तिम खेलमा मंगलवार हङकङसँग खेल्नेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अन्तर्गत नेपाल समूह बीमा छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ए मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एशिया कप क्रिकेटमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले