एसियन कप छनोटमा कुवेतसँग नेपाल ४–१ गोलले पराजित



काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल कुवेतसँग ४–१ गोलले पराजित भएको छ । गएराति कुवेतको जाबिर अल अहमद मैदानमा भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलले पराजित भएको हो । घरेलु टोलीका युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै, फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एकरएक गोल गरे ।

नेपालका दर्शन गुरुङले एक गोल फर्काए । नेपालको लगातार यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अङ्कविहीन छ । हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।

कुवेतको यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा कुवेत इन्डोनेसियासँग पराजित भएको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा पर्सि जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

यसैबीच कुवेतसँगको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले