विश्व आइस हक्की संघको वैठकमा भाग लिन अध्यक्ष पाठक फिनल्यान्ड प्रस्थान



काठमाडौँ । विश्व आइस हक्की सङ्घको बैठकमा नेपालले पनि सहभागिता जनाउने भएको छ । नेपाल आइस हक्की सङ्घका अध्यक्ष भुवन पाठकको नेतृत्वमा एक प्रतिनिधिमण्डल विश्व आइस हक्की सङ्घको फिनल्याण्डमा यही जेठ ११ देखि १६ गतेसम्म हुने बैठकमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो ।

७८ देशका प्रतिनिधि सहभागी हुने बैठकमा अध्यक्ष पाठकले नेपाल आईस हक्की संघको कार्ययोजना तथा भावि कार्यक्रमबारे जानकारी गराउने छन् । प्रतिनिधिमण्डलले नर्वे तथा डेनमार्क स्थित आइस हक्की सङ्घका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।

अध्यक्ष पाठक तथा कार्यसमिति सदस्य रोजेश रिजालको भ्रमण टोलिलाई आज नेपाल आईस हक्की संघका कार्यवाहक अध्यक्ष विजय खड्का तथा कोषाध्यक्ष हरि मानन्धरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका छन् । प्रतिनिधिमण्डल यही जेठ २० गते स्वदेश फर्कनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।