नेपाल टी ट्वान्टी लिगको घोषणा



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ । युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले प्रतियोगिताको औपचारिक घोषणा क्यानद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा गरे । प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । क्यानले यसअघि नै विज्ञप्तिमार्फत प्रतियोगिताको घोषणा गरेपनि मिति भने सार्वजनिक गर्न सकेको थिएन ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी ट्वान्टी लिगको औपचारिक घोषणा गर्न पाउँदा खुसी लागेको भन्दै प्रतियोगिताले पर्यटकीय र व्यावसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘रेस्लिङ च्याम्पियनसीप’को उपाधि नुवाकोटे टाइगरलाई

झापा । मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा झापाको कमल गाउँपालिकामा आयोजना गरिएको चौथो

पोखरा स्पोर्ट्स अवार्डः अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

पोखरा । पोखरामा शनिबार साँझ सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष

सिग्देललाई महिला खुला गल्फ प्रतियोगिताको उपाधि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदले शारीरिक, मानसिक विकासमात्र नभई देश विकासमा टेवा

पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते पोखरामा