बक्सिङमा हिमचितुवाको विश्व रेकर्ड



 

काठमाडौं । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहेका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका छन् । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले विश्व रेकर्ड बनाउन सफल भएका हुन् ।

जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ सम्पन्न प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढालेका थिए । उनहरु दुवै ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् । सिमुरा डोजोको ५०औँ वार्षिकोत्सका अवसरमा आयोजित प्रतियोगितामा हिमचितुवाले तीन राउण्डको कूल १६ मिनेटको खेलमा साकलेकलाई १२ मिनेटमा ढालेका हिमचितुवाका प्रशिक्षक देव घिमिरेले जानकारी दिए ।

प्रशिक्षक देवका अनुसार अविरलले सिमरा डोजोबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दै आएका छन् । यसअघि गत फागुनमा टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउण्डमा नै पराजित गरी बक्सर अविरलले बक्सिङ खेलमा नयाँ रेकर्डसमेत कायम गरेका थिए । सो तौल समूहको प्रतिस्पर्धामा लगातार तीन पटक विजयी हुने उनी दक्षिण एशियाकै पहिलो खेलाडीसमेत बनेका थिए ।

विश्वप्रख्यात प्रतिस्पर्धामा उनको विजयको अविच्छिन्न यात्रा जारी छ । गत वर्षको ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरलले चुमेका थिए । विश्वका युवापुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने अविरल पहिलो नेपाली बक्सर बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई नेदरल्याण्ड्सले दियो १८५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेटमा नेदरल्याण्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।

१३ औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्यङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरिमा सुरु

काठमाडौँ । १३ औं पुष्पलाल स्मृति राष्ट्रिय र्यङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरि नगरपालिकास्थित महाँकाल

लेबनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई

टी-२० त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । नेपालले जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ