विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने



काठमाडौं । आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमनबीच उद्घाटन खेल हुने निश्चित भएको हो ।

ग्लोबल छनोटअन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह एकमा नेपाल, ओमन, क्यानडा, र फिलिपिन्स छन् भने समूह दुईमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।

ओमनमा नै आयोजना हुने उद्घाटन खेल आगामी फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकपमा स्थान बनाउने छन् ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग फागुन ७ मा खेल्नेछ भने तेस्रो खेल क्यानडासँग फागुन ९ गते खेल्नेछ । नेपालले विश्वकप छनोट खेल्नुअघि चार देशसम्मिलित टी–२० सिरिज खेल्नेछ । ओमानमा हुने उक्त सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टोली ओमनबीच प्रतिस्पर्धा हुनेछ ।

उक्त सिरिज माघ २८ देखि फागुुन २ गतेसम्म हुनेछ । नेपालले पहिलो खेल माघ २८ गते ओमानसँग खेल्नेछ भने दोस्रो खेल माघ २९ गते युएईसँग खेल्नेछ । त्यस्तै नेपालले तेस्रो खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल पौडी सङ्घको अध्यक्षमा जगतमान श्रेष्ठ

काठमाडौँ । नेपाल पौडी सङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको

हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य

आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

  अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले  ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको