विश्व चर्चित टेनिस खेलाडी जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला



विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । उनको भिसा रद्द गर्ने एक मन्त्रीको फैसलालाई सङ्घीय अदालतले सदर गरेपछि आइतबारै उनी मेलबर्नबाट दुबईको उडानबाट बाहिरिएका हुन् ।

अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपीललाई खारेज गर्ने निर्णय दिएका हुन् । यो निर्णयसँगै जोकोभिचले गतवर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

अदालतको निर्णयपछि जोकोभिचले आफू एकदमै निराश भएको भएपनि निर्णयलाई सम्मान गर्ने बताएका छन् । शुक्रवार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै दोस्रो पटक भिसा रद्द गरेका थिए ।

अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको भए पनि जोकोभिचले खोप लगाएका छैनन् । जनवरी ६ मा पहिलो पटक भिसा रद्द हुँदा जोकोभिचले गत सोमबार अदालतमा मुद्दा जितेका थिए ।

शनिबार जोकोभिचलाई पुनः हिरासतमा लिइएको थियो । अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता सोमबार सुरु हुँदै छ र जोकोचिचले पहिलो चरणमा सोमबार राति सर्बियाकै खेलाडीविरुद्ध खेल्ने तालिका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको