प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको जित



काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रदेश एकलाई पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो । एक सय ५९ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १९ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।

सुदूरपश्चिमको जीतमा राजु रिजालले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ५२ बल खेल्दै नौ चौका र दुई छक्का प्रहार गरे । यस्तै सन्तोष भट्टले ४८ रन जोडे । उनले ३९ बल खेल्दै ४ चौका र ३ छक्का हाने । अर्जुन साउदले २६ तथा नारायण जोशी ८ रनमा अविजित रहे । बलिङतर्फ प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५८ रन बनायो । प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए भने सोनु अन्सारीले ३१ रन जोडे ।

त्यसैगरी मिनाष थापा र अङ्कित सुवेदीले समान २३/२३ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले दुई/दुई तथा कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले एक÷एक विकेट लिए । समूह ‘ए’बाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुलिस तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । पुलिसले आफ्नो अन्तिम खेल सोमबार प्रदेश १ सँग खेल्नेछ । त्रिभुवन आर्मी क्लब चार खेलमध्ये दुईमा जीत र एकमा हारसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम चारमध्ये दुईमा जीत र दुईमा हारसहित तेस्रो स्थानमा छ । कर्णाली प्रदेश चार खेलमध्ये एकमा जीत र तीनमा हार बेहोर्दै चौथो स्थानमा रह्यो ।

प्रदेश १ ले तीन खेलमा जीतविहीन रहँदै तालिकाको पुछारमा छ । खेल मैदान खेल्न लायक नभएका कारण प्रदेश १ ले एउटा खेलमा आर्मीसँग अङ्क बाँडेको थियो । समूह ‘बी’बाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपिएफ समूह विजेता बन्दै तथा बागमती उपविजेता भइ सेमिफाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका