प्रधानमन्त्री कप क्रिकेटमा पुलिसद्वारा कर्णाली पराजित



काठमाडौं । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिस क्लबले कर्णालीलाई ८९ रनले पराजित गरेको हो । पुलिसले यसअघि सुदूरपश्चिम प्रदेशलाई २ रनले तथा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराएको थियो ।

जीतसँगै पुलिस सेमिफाइनल नजिक पुगेको छ । कर्णाली हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजित भएको छ । कर्णालीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । यसअघि कर्णालीले आर्मी र सुदूरपश्चिमविरुद्धको खेलमा पराजय भोगेको थियो भने प्रदेश नं १ लाई पराजित गारेको थियो ।

आजको खेलमा पुलिस क्लबले दिएको २४५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ६८ रनको योगदान गरे । उनले ४७ बल खेल्दै ६ चौका र ३ छक्का हाने ।

बलिङतर्फ पुलिसका योगेन्द्रसिंह कार्की र दीपेन्द्र सिंह ऐरीले दुई–दुई तथा पवन सर्राफ, कुशल भुर्तेल, करण केसी र गुल्सन झाले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८२ रनको योगदान दिए ।

उनले ३९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले ६२, दिलीप नाथले ३१, पवन शर्राफले २२, आरिफ शेखले १८ र मञ्जित श्रेष्ठले १९ रन बनाए । बलिङतर्फ कर्णालीका अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले दुई–दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

जनकपुरधाम ।  धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता