क्रिकेट एक्सेलेन्स सेन्टरलाई पल्सरको साथ



काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई प्रायोजन गर्ने भएको छ । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुने सो कम्पनीले जानकारी दिएको छ ।

प्रायोजनसम्बन्धी सम्झौतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक  गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा हामी अत्यन्त खुसी लागेको बताए । पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको शोख बनेको र बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवद्र्धन गर्दै आइरहेको उनले दाबी गरे ।

पूर्वकप्तान खड्काले बजाज पल्सरसँग आबद्ध हुन पाउँदा हामी निकै खुशी लागेको र नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेकोमा आभार व्यक्त गरे । क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरुलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो । एकेडेमीले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको छ ।

गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ पूर्वकप्तान खड्का र ज्ञानेन्द्र मल्लले एकेडेमी स्थापना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

  काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा

एपिएफद्वारा बागमती पराजित

  काठमाडौँ ।  सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले

आर्सनल फेरि शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ ।