प्रधानमन्त्री कप क्रिकेटमा एपीएफकोे जित



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको हो ।

यसअघि हिजो भएको पहिलो खेलमा एपीएफले प्रदेश नं २ लाई २४ रनले पराजित गरेको थियो । यस जितसँगै एपिएफले दुई खेलबाट ४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको थियो । बागमती र प्रदेश नं २ को समान दुई/दुई अङ्क छ ।

बागमती अङ्क तालिकाको दोस्रो स्थानमा छ भने बागमतीले प्रदेशले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाए । एपीएफका लागि लोकेश बमले अर्धशतकीय इनिङ्स खेले ।

उनले २४ बलको सामना गदै १० चौका र एक छक्काको मद्दतमा ५० रनको योगदान दिए । यस्तै प्रदीप ऐरीले ३६ रन जोड्दै अविजित रहे । बलिङतर्फ बागमती प्रदेशका प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल तयार गरेको थियो । बागमती प्रदेशका लागि इशान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे भने नन्दन यादवले २४, सुवास खकुरेलले २१ तथा आदिल खान १९ रन बनाए ।

एपीएफका अविनास बोहराले सर्वाधिक ४ विकेट लिए भने कमल ऐरीले दुई विकेट हात पारे । त्यस्तै शरद् भेषवाकर र किशोर महतो एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन्

स्याङ्जामा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ

हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

  काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा