सुनमायालाई कर्णाली सरकारको सम्मान



कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनाएको बताएका छन् ।

बुढालाई सोमबार कर्णाली प्रदेशमा गरिएको अभिनन्दन कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले बुढाको उच्च प्रशंसा गरेका हुन् । मुख्यमन्त्री शाहीले सन् २०२१ डिसेम्बर १२ मा थाइल्यान्डको उत्तरपश्चिममा पर्ने सबैभन्दा उच्च पर्वत डोर्ड इथानन्मा सम्पन्न ११० किलोमिटरको अल्ट्रा ट्रेल रेसअन्तर्गत महिला प्रतियोगीहरुमा विश्वमा प्रथम आएर बुढाले कर्णाली र नेपालका नामको संसारभर चिनाएको भन्दै खुसी व्यक्त गरे ।

सुनमायाको जीतले कणालीवासीको गर्वले छाती फुलेको उनको भनाइ थियो । बुढाले दुई हजार प्रतियोगी सहभागी रहेको उक्त रेसमा महिलामा प्रथम र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गरेकी थिइन् ।

“विश्वमा विकासमा सबैभन्दा पछि परेको देश नेपाल र नेपालमा अति नै पछि परेको कर्णालीले सुनमायाको जीतसँगै आज विश्वसामु आफ्नो इतिहास लेखाउन सफल भएको छ,” मुख्यमन्त्री शाहीले भने, “कर्णालीपुत्री बुढालाई हार्दिक बधाई छ । बुढाको सम्मानका लागि कर्णाली प्रदेश सरकारले दुई लाख छुट्याएको छ ।”

प्रदेश सरकारले खेल र खेलाडी प्रवद्र्धनमा जोड दिएको बताएका उनले नेपालमै भलिबल कभर्ड हलसहित सुर्खेतमा एक अर्ब ७० करोडको अत्याधुनिक रङ्गशाला निर्माणको कार्य तीव्ररुपमा अगाडि बढाइएको जानकारी दिए ।

कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले विकट भूगोल सफलताको मानक बन्दो रहेछ भन्ने उदाहरण सुनमायाले देखाएको प्रतिक्रिया दिए । जुम्ली छोरी बुढाको योगदानको उच्च मूल्याङ्कन स्थानीय, प्रदेशसहित नेपाल सरकारले गर्नुपर्नेमा उपाध्यक्ष हमालले जोड दिए ।

पातारासी गाउँपालिका–२ जुम्ला पेरे गाउँ निवासी अल्ट्रा ट्रेल रेस विजेता २३ वर्षीय बुढाले जीवनका कठिन कर्मले मीठो फल मिल्ने अनुभूति व्यक्त गरिन् । “गाह्रो काममा मात्र नाम छ,” बुढाले भनिन्, “गाह्रो कामले सिकाउने र जिताउने दुवै गर्दो रहेछ ।” उनले स्वदेशी तथा विदेशी खेलाडीले प्रशिक्षण लिने खालको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको विकासमा जोड दिन मुख्यमन्त्री शाहीलाई अनुरोध गरिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन्

स्याङ्जामा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ

हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

  काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा