प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट



बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो ।

छनोट भएका अन्य खेलाडीमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दीपा जोरा, विमला भट्ट, कविता कुँवर, रुवी पोदार, लक्ष्मी साउँद, इश्वरी विष्ट, शोभा रोकाया, दिव्या कार्की, सङ्गीता मौनी र सम्झना खड्का छन् । यस्तै रेवती धामी, मनिषा चौधरी, भावना जोशी र सपना तामाङ वैकल्पिक खेलाडीका रुपमा रहेका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।

हालै सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको उनले बताए । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी आठ टोली प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश नं १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश तथा समूह ‘बि’ मा एपिएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं २ रहेका छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले तीन लाख, वुमन अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार, उत्कृष्ट ब्याटस्वुमनले १५ हजार तथा वुमन अफ दि म्याचले दुई हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै

भोजपुर । प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप

वर्षाका कारण खेल रद्द हुँदा नेपाल विश्वकपमा पुग्न असफल

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द हुँदा

छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

राँझा (बाँके) । लामो समयपछि नेपालगञ्जमा आयोजना भएको अन्तर्राष्ट्रियस्तरको  लुम्बिनी कप महिला फुटबल

‘केपी ओली कप ’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन

कास्की । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला