राष्ट्रिय पुरुष क्रिकेटको उपाधि लुम्बिनी प्रदेशलाई



काठमाडौं । लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ११३ रन अन्तरले पराजित गर्दै यु–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा जितका लागि २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो ।

सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे भने कप्तान खडक बोहराले २१, शेर मल्लले १५ तथा नारायण जोशीले ११ रन जोड्दै बाहिरिए । सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अजय चौहानले सर्वाधिक पाँच विकेट लिँदा दुर्गेश गुप्ताले तीन तथा मोहम्मद हुसेनले दुई विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै २१२ रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान दिए । देवले ९५ बल खेल्दै पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै विशाल विक्रम केसीले ५१, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे ।

सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे । शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट लिए । नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए । राउन्ड रोविनको आधारमा खेलाइएको उक्त प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप