थ्रीस्टार र फ्रेन्ड्स क्लबबीचको खेल बराबरी



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत शुक्रबारदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा थ्रीटार क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा थ्रीस्टार र फ्रेन्ड्स क्लबको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् ।

खेलमा पहिलो अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । खेलको ५१औँ मिनेटमा फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले एक गोल गरे । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेन्ड्सका ग्रासियाले हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई पहिलो अग्रता दिलाएका हुन् । त्यस्तै थ्रीस्टारका लागि भने मिक्छेन तामाङले गोल गरे ।

उनले खेलको ८३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । यस बराबरी खेलसँगै थ्रीस्टारले तीन खेलबाट चार अङ्क जोडेको छ । समान खेल खेलको फ्रेन्ड्सको भने दुई अङ्क छ ।

यसअघि पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग १–० गोअन्तरले पराजित भएको थियो ।त्यस्तै फ्रेन्ड्स क्लबले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलको थियो भने दोस्रो खेलमा सङ्कटा क्लबसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका