आइटिएफ टेनिसः नेपाली खेलाडी सेमिफाइनलमा



पोखरा । पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी ‘आइटिएफ गल्र्स/ब्वाइज यू–१८ वल्र्ड र्याङकिङ टेनिस टुर’ अन्तर्गत बिहीबारको क्वाटरफाइनल खेलमा ‘डबल्स’तर्फ नेपाली खेलाडीले सङ्घर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत पुरुषतर्फ नेपालका आरभविक्रम हाडा र आर्यन गिरीको जोडी र महिलातर्फ अभिलाषा विष्ट र सलोनी तामाङ तथा प्रतीक्षा श्रेष्ठ र रायन शाहको जोडी सुपरटाइमा सङ्घर्षपूर्ण जित निकाल्दै सेमिफाइनल प्रवेश गर्न सफल भयो ।

नेपाली जोडी आरभ र आर्यनले भारतीय जोडीले निखिल मित्तल र अनर्व यादवविरुद्धको खेलमा पहिलो सेट ४–६ अङ्कले गुमाए पनि दोस्रो सेटमा भने जित निकाल्यो । उनीहरु अन्तिम सेट सुपरटाइमा १०–५ अङ्कले जित्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भए । आरभ र आर्यनले फाइनलको यात्रा तय गर्न शुक्रबार हुने सेमिफाइनलमा भारतका कविर चावरिया र दक्ष प्रसादसँग प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ अभिलाषा र सलोनीको जोडीले भारतीय जोडी नियाती कुक्रेती र सञ्जय मोहन्तीसँग पहिलो सेट १–६ ले गुमाए पनि दोस्रो सेटमा ६–३ अङ्कको जित निकाल्न सफल भयो ।

सुपरटाइमा पुगेको खेलमा अभिलाषा र सलोनीले १२–१० खेल जित्दै सेमिफाइनलमा भारतीय खेलाडी दिभा भाटिया र मेहर मिश्रासँगको भेट पक्का गर्यो । अर्को खेलमा रायना र प्रकृतिसमेत सुपरटाइमा खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए । उनीहरुले भारतीय जोडी श्रीनिधि रेड्डी र तनुषसँगको खेलमा पहिलो सेट ७–६ ले जित्दै भारतीय खेलाडीलाई दबाबमा राखे पनि दोस्रो सेट १–६ ले गुमाउन पुगे ।

अन्तिम सेट सुपरटाइमा १०–७ ले जित्दै सेमिफाइनलको यात्रा तय गरे । उनीहरुले सेमिफाइनलमा नेपालकै इशा श्री शाह र सर्वाणी श्रेष्ठसँग खेल्नेछन् । जिल्ला टेनिस सङ्घले टेनिसको नियमनकारी सर्वोच्च निकाय विश्व टेनिस महासङघसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताबाट खेलाडी बरियता तय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

काठमाडौं । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ

अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि बौदीकालीलाई

पाल्पा । अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको

पुलिसलाई जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ