टेनिस एकलतर्फ नेपाली खेलाडी अभिलाषा र आरभ पराजित



पोखरा । पोखरामा जारी ‘आइटिएफ गल्र्स/ब्वाइज यू–१८ वल्र्ड र्याङ्किङ टेनिस टुर’अन्तर्गत बुधबार एकलतर्फको खेलमा नेपालका नम्बर १ खेलाडीद्वय अभिलाषा विष्ट र आरभ सम्राट हाडा पराजित भएका छन् ।

विश्व टेनिस महासङ्घसँगको सहकार्यमा कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कम्लेक्समा सञ्चालन भएको खेलमा महिलातर्फ नेपाली खेलाडी अभिलाषा भारतकी भानिष्का मारिया र आरभ भारतकै खेलाडी हितेश चौहानसँग पराजित भएकी हुन् । अभिलाषाले खेलमा पहिलो सेट ३–६ अङ्क र दोस्रो सेट ५–७ अङ्कले गुमाइन् ।

पुरुषतर्फ आरभले पहिलो सेट २–६ अङ्क र दोस्रो सेट ३–६ अङ्कले पराजित भए । महिलातर्फको अर्को खेलमा नेपालका सलोनी तामाङले क्वाटरफाइनलको यात्रा तय गर्न सफल भइन् । सलोनीले भारतका सेहीनी सञ्जय मोहन्तीसँग टाइब्रेकरमा खेल आफ्नो पक्षमा पार्न सफल भइन् । पहिलो सेट ३–६ ले गुमाएकी सलोनीले दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारिन् भने अन्तिम सेट ७–५ अङ्कले जित्न सफल भइन् ।

महिलातर्फ नेपालका आद्या पौडेल भारतका हाना नागपालसँग पराजित भइन् । उनीसँग ६–०, ६–१ छङ्कले पराजित हुनुभएको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । नेपाली खेलाडी प्रकृति श्रेष्ठ भारतका खेलाडी मेहेर मिश्रसँग ६–३, ७–५ ले हार बेहोर्न पुगिन् । नेपालका अर्की खेलाडी सर्वाणी श्रेष्ठले भारतका शुखमनी भण्डारीसँग टाई ब्रेकरमा आफ्नो खेल गुमाइन् ।

पहिलो सेट ६–४ ले पराजित भएकी सर्वार्णीले दोस्रो सेटमा खेलमा फर्किंदै ६–२ ले आफ्नो पक्षमा पार्न सफल भए पनि तेस्रो सेट ६–१ ले गुमाउन पुगिन् । पुरुषतर्फको खेलमा रुसी खेलाडी मात्वे ग्रेसनर भारतका दक्ष प्रसादसँग टाइब्रेकरमा ६–४, २–६ र ६–४ अङ्कले पराजित भए।

यसैगरी भारतका चन्दन शिवराजले अमेरिकाका जय दत्तलाई ६–४, ४–६, ६–४ अङ्कले, डेनमार्कका नोर्डल क्लाउजनले भारतका धञ्नजय आत्रेयलाई ६–४, ४–६, ६–३ ले, अमेरिकी खेलाडी सिद्धार्थ लामाले इजरायली खेलाडी हालेल आशुषलाई ६–१, ६–४ अङ्कले पराजित गर्न सफल भए ।

प्रतियोगितामा एकलतर्फ जित निकाल्न नसकेका नेपाली खेलाडीले ‘डबल्स’तर्फ भने उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । नेपालका अर्यान गिरी र आरभ सम्राट हाडाको जोडीले भारतका हितेश चौहान र चन्दन शिवराजको जोडीलाई ७–६ र ६–१ अङ्कले पराजित गर्न सफल भएको छ ।

महिलातर्फ नेपाली खेलाडी अभिलाषा र सलोनीको जोडीले भारतका सुखमनि र हेनाको जोडीलाई ७–५, ६–४ को सोझो सेटमा पराजित गर्यो भने नेपालकै ईशा श्री शाह र श्रवणीको जोडीले भारतको श्रीतन्वी र भान्सिकालाई ६–२, ६–२ ले पराजित ग¥यो । प्रतियोगितामा नेपालसहित नौ देशका ६४ खेलाडीले सहभागिता जनाएको सङ्घका सचिव नवीन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग

गण्डकी । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ ।

बागमतीलाई पराजित गर्दै पुलिस फाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

कोभिड सङ्क्रमणबाट खेलकुद क्षेत्रसमेत प्रभावित

काठमाडौं । कोभिड–१९ सङ्क्रमण जोखिमकाकारण मुलुकका अरु विधाजस्तै खेलकुद क्षेत्रको विकास र विस्तार

बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्कीलाई बेस्ट फिफा अवार्ड

काठमाडौं । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा बेस्ट अवार्ड २०२१ को उपाधि