‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज र एनआरटी बराबरी



काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।

खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । योसँगै ब्रिगेडले दुई खेलमा ४ अङ्क जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै, एनआरटीको यो पहिलो एक अङ्क हो । पहिलो खेलमा एनआरटी साबिक विजेता मच्छिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । खेलमा ब्रिगेडका शिशिर लेखी ‘म्यान अफ दी म्याच’ घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय