ए डिभिजन लिगमा मनाङ र च्यासल विजयी



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरण अन्तर्गत शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासलले विभागीय टोली एपीएफ फुटबल क्लबमाथि १–० गोलको नतिजामा जित निकालेको थियो ।

प्रतिस्पर्धात्मक खेलको ४९औं मिनेटमा च्यासलका रुमेश बर्तौैलाले गरेको एक मात्र गोल च्यासललाई जित दिलाउन पर्याप्त बन्यो । राइट ब्याक कमल श्रेष्ठले दिएको पासलाई पेनाल्टी एरिया नजिकबाट प्रहार गर्दै बर्तौलाले सुन्दर गोल गरेका थिए । बर्तौलाको गोलसँगै दोस्रो हाफको सुरुआतमा लिएको अग्रता जोगाउँदै च्यासलले जारी लिगमा पहिलो जित दर्ता गर्यो ।

पहिलो खेलमा च्यासल थ्रीस्टार क्लबसँग ३–० ले पराजित भएका थियो । यस्तै, शनिबार नै भएको दोस्रो खेलमा मनाङले हिमालयन शेर्पा क्लबमाथि १–० कै जित निकालेको छ ।

रोमाञ्चक खेलमा निरन्तर आक्रमण गरेको मनाङले शेर्पाको डिफेन्स ब्रेक गर्न ८३ मिनेटसम्म संघर्ष गर्नु परेको थियो । विपक्षी टोलीको आक्रमक शैलीलाई ८३ मिनेटसम्म रोकेको शेर्पाले मनाङका पुजन उपरकोटीको कर्नरमा फरवार्ड ओलावाले आफिजलाई रोक्न सकेन ।

८४औं मिनेटमा पुजनले दिएको क्रसलाई आफिजले हेडरमार्फत गोलमा परिणत गर्दैै मनाङलाई लगातार दोस्रो जित दिलाए । जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

पहिलो खेलमा जावलाखेललाई १–० ले पराजित गरेको मनाङको २ खेलबाट ६ अंक छ । आइतबार हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको